
देवि भन्डारी हापुरे २७ कात्तिक । हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई समितिको १३ औँ साधारण सभा सम्पन्न भएको छ । सभा हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष तिलाराम भण्डारीको अध्यक्षता तथा लुम्विनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीको प्रमुख आथितयता एवम बबई गाउपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको विशिष्ट अथित्यतामा समपन्न भएको हो ।
कार्यक्रममा बोलदै कार्यक्रमका प्रमुख अथिति लुम्विनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीले आगामी बजेटमा हापुरे खानेपानीलाई प्राथामिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष तिलाराम भण्डारीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाधयक्ष टिकाराम खत्रीले पेष गर्नु भएको थियो ।
कार्यक्रममा बबई गाउपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्मा , वडा नं ४ का वडा अध्यक्ष टेकबहादुर वली ,५ का अध्यक्ष डम्वरबहादुर श्रीस , नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वली , नेपालि कांग्रेसका बबईका सचिव गणेश केसी , चिम्से कामी, दिलबहादुर वली, जनमुखि बचत सहकारी संस्थाका अध्यक्ष विकासराज वालान, हापुरे उद्योग वाणिज्यसंका उपाध्यक्ष हुकुम वली, कृष्णबहादुर वली, लगाएतले बोल्नु भएको थियो । संस्थाका उपाध्यक्ष खुमबहादुर विक को स्वागत मन्तव्यबाट शुरु भएको कायक्रमको सहजकिरण सचिव अन्जु घर्ती मगरले गर्नु भएको थियो ।

