हापुरे २६ कात्तिक ।                                                     भोलि शनिबार पश्चिम दाङको हापुरेमा निशुल्क विशेषज्ञ सेवा सन्चालन हुने भएको छ । बिगत लामो समय देखि चिकित्सकिय सेवा दिदै आएको मातामनकामना पोलिक्लिनिक प्राली हापुरेले भोलि शनिबार एक दिनका लागि निशुल्क ओपिडी सेवा सन्चालन गर्ने भएको छ ।                                                                                                     सुगर, प्रेसर, मुटु, छाती, पेट लगाएतका विभिन्न रोगबाट ग्रसित बिरामी हरुको लागि एक दिन निशुल्क विशेषज्ञ डाक्टर द्वारा चेकजाँचको ब्यबस्था मिलाईएको पोलिक्लिनिकका संचालक प्रेम ओलिले बताउनु भएको छ । उहाँका अनुसार विशेषज्ञ डाक्टर अजयराज गौतमले बिरामीहरुलाई निशुल्क रुपमा चेकजाँच गर्ने बताईएको छ । सेवाको लाभ लिन चाहाने बिरामिले ०८२-४०३०७८ मा फोन गरेर नाम टिपाउन सक्ने समेत सन्चालक ओलिले बताउनु भएको छ । हापुरे बजारमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याब सेवा, फर्मेसी लगाएतका विभिन्न सेवा सहित स्थापना भएको पोलिक्लिनिकले यस क्षेत्रका नागरिकहरुलाई विशेषज्ञ सेवा दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर