
देवी भण्डारी हापुरे २५ कार्तिक
विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा शिक्षक संगै अभिभावकको पनि उत्तिकै भुमिका हुने एक कार्यक्रकका सहभागिहरुले बताएका छन् । जनकल्यान माध्यामिक विद्यालय पदमपुरको अभिभावक भेलामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । विद्यालय व्यवस्थापन समितिका अधयक्ष पुर्णबहादुर वलीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विद्यालयमा धेरैदिन उपस्थित हुने शिक्षक नन्दलाल तिवारी, शिक्षक रिता सुवेदी, विभिन्न विधामा स्थापना गरिएका अक्षयकोषबाट २ जना छात्रा तथा २ जना छात्रलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा निरन्तर पानी उपलव्ध गराएवाफत हापुरे खानेपानी , उत्कृट अभिभावक तथा विद्यालयमा प्रत्यक्षरुपमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिलाई सम्ममान गरिएको हो ।


कार्यक्रममा आर्थिक प्रतिबेदन लेखापाल लिला वलीले प्रस्तुत गर्नुभएको थियो । भने विद्यालयको समसामयिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक गणेशबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । भेलाले विद्यालय व्यवस्थापन समितिमा पुरानै समितिले निरन्र्तता दिईएको छ । भेलाले पुर्णबहादुर वली अधयक्षतारगविर वली, भुमप्रसाद शर्मा, रिता गौतम सदस्य रहनु भएको छ । साथै भेलाले शिक्षक अभिभावकसंग तारा भण्डारीको अध्यक्षतामा लिला वि क, रिमबहादुर गाहा, केशव भण्डारी,झुपलाल वली, मनकुमारी खड्का मायासरी वयम रहनु भएको छ । कार्यक्रममा अक्षयकोष दाता दिपक खड्का , हापुरे उद्योगवाणिज्यसंघका अध्यक्ष टिकाराम खत्री, जनता मवि हंसपुरका प्रधानाध्यापम मोहनलाल दाहाल लगाएतले बोलनु भएको थिायो । विद्यालयका शिक्षक राजेन्द्र पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजकिरण शिक्षक जितबहादुर वलीले गर्नुभएको थियो ।