
दाङ २४ कात्तिक ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग अन्तरगत दाङ जिल्लाका सम्पुर्ण स्थानिय तहमा स्थपना भएको सेवा ईकाई कार्यालयमा कार्यरत एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको प्रथम जिल्ला भेला बुधबार घोराहीमा सम्पन्न भएको छ । एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको हकहितमा काम गर्ने गरि सम्पन्न भएको जिल्ला भेलाले बबई गाउँपालिकाका एमआईएस अपरेटर बालकृष्ण पाण्डेको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा शोभा पण्डित, कोषाध्यक्षमा कालुराम चौधरी, सचिबमा बिराज अधिकारी, सहसचिवमा अनिल यादव रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अनिता चौधरी, नारायण आर.सी., बिष्णु बिसी, बालिका राना मगर, पुर्णबहादुर सारुमगर र मनिषा चौधरी रहनु भएको छ ।


त्यस्तै भेलाले ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरेको छ । जसको संयोजक कमल कवर मगर रहनुभएको छ । त्यस्तै ऋषी यादव, रेमन्त डाँगी, शान्ता चन्द र दुर्गा प्रशाद यादव सदस्य रहनु भएको छ । भेलाबाट गठन गरिएको जिल्ला कार्यसमितीले जिल्ला भित्रका १० वटा स्थानिय तहका एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको हकहितमा काम गर्ने बताईएको छ । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष बालकृष्ण पाण्डेले सबै एमआईएस अपरेटर तथा फिल्ड सहायकहरु एक जुट भएर हकहितको पक्षमा लाग्न अनुरोध गर्नु भएको छ ।
राज्यले एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुलाई अरु कर्मचारी सरह देख्नुपर्ने र अरु कर्मचारी सरह सेवा सुबिधाको ब्यबस्थापन गर्नुपर्ने समेत अध्यक्ष पाण्डेले बताउनु भएको छ । भेला घोराही उपमहानगर पालिकाका एमआईएस अपरेटर बिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा दाङका १० स्थानिय तहका सबै एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको सहभागिता रहेको थियो । भेलाको सहजीकरण गढवा गाउँपालिकाका एमआईएस अपरेटर ऋषी यादवले गर्नुभएको थियो ।