दाङ २४ कात्तिक ।                                                            दाङका स्थानीय तहहरुमा एमआईएस अपरेटर र फिल्ड सहाएकको रुपमा काम गर्दै आएका कर्मचारीहरुको जिल्ला स्तारिय भेला दाङको घोराहिमा सुरु भएको छ । राष्ट्रीय परिचय पत्र तथा पञ्जिकरण बिभाग अन्तरगत स्थानीय तहका सेवा ईकाईमा कार्यरत एमआईएस अपरेटर तथा फिल्डसहाएकहरुको हकहितको लागि जिल्ला स्तरिए भेला मार्फत कमिटी गठन गरिने बताईएको छ । कमिटिले एमआईएस अपरेटर तथा फिल्ड सहाएक कर्मचारीहरु हकहितमा काम गर्ने बताईएको छ । भेला घोराही उपमहानगर पालिकाका एमआईएस अपरेटर बिराज अधिकारिको अध्यक्षता सुरु भएको छ । भेलामा दाङका सबै स्थानीय तहका एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर