हापुरे २२ कात्तिक
पश्चिम दाङको बबई गाउँपालिका २ एक्लेबरमा भएको जिप दुर्घटुनामा परि घाईते मध्य १ जना गम्भिर घाईते दंगिशरण गाउँपालिका २ बस्ने ३० वर्षिय पार्बती वली लार्ई हेलीकप्टर मार्फत काडमाडौं लगिएको प्रहरीले बताएको छ ।

त्यस्तै जिप दुर्घट्नामा परि बाँके राप्तीसोनारी गाउँपालिका ढकेरीकी ३० वर्षिय पिमा खत्री, सल्यान कालिमाटी गाउँपालिका सिमलकुनाकी २८ वर्षिय रिता खत्री, सोही ठाउँका ३९ वर्षिय रेशम बुढाथोकी, कालिमाटी सिमचोकका १८ वर्षिय खेमराज बुढाथोकी, दाङ बबई गाउँपालिका २ बगालेकी २३ वर्षिय पबित्रा वली, उनका ३ वर्षिय छोरा बृजे्रश वली, कालिमाटी कालाखोलाका ५६ वर्षका प्रमिसा खत्री, दाङ बबई २ की ३२ वर्षकी कमला बस्नेत, १० वर्षका प्रसान्त खत्री, बाँके राप्ती सोनारी गाउँपालिका ९ का ३५ बर्षका साबित्रा बुढाथोकी, कालीमाटि सल्यान ढोरेनीका १७ वर्षका सपना वली, शान्तिनगर ४ का ५५ वर्षिय खली वली, बाँके कोहलपुरका ३२ वर्षिय दिपा वली बुढाथोकी, उनकी १५ वर्षिय छोरी संगिता बुढाथोकी र ८ वर्षिय छोरी अपेक्षा बुढाथोकी रहेका छन् ।

त्यस्तै दुर्घट्नामा परि बर्दिया बाँसगडिका २८ वर्षिय शुसिला राना, तुलसीपुर उपमहानगरपािलका ९ बेलुवाका २८ वर्षका सोभा बुढाथोकी उनका ७ वर्षका छोरा लोकेन्द्र बुढाथोकी घाईते भएको प्रहरीले बताएको छ । गम्भिर घाईते बाहेक अन्य सबै घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तीव्र गतिका कारण जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल खसेको छ । जीपमा २१ जना सवार थिए । जीप चालक फरार छन् उनको खोजी भैहरेको प्रहरीको भनाई छ । दुर्घटनामा परी गाडी धनी सल्यान कालिमाटी ३ चौडि बस्ने अन्दाजी ४५ बर्षिय देब बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीलाई उदृढ गर्दै पत्रकार बालकृष्ण पाण्डेले  बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर