
हापुरे ,२२ कात्तिक ।
पश्चिम दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा न .३ चौडि बल्ले बस्ने अन्दाजी ४५ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
घाइते मध्य १ जना गम्भिर घाईते भएकी दंगिशरण गाउँपालिका २ बस्ने ३० वर्षिय पार्बती वलीलाई हेली कप्टर मार्फत काठमाण्डौ लगिएको प्रहरीले बताएको छ । अन्य १८ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैई रहेको छ । जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
