
हापुरे १६ कात्तिक ।
बबई गाउँपालिकाले निस्सा बाढ्न सुरु गरिएको छ । राष्ट्रिय भुमी आयोग बबई गाउँपालिका मार्फत पहिलो चरणमा संकलन गरिएको भुमिहिन तथा अब्यबस्थीत बसोबासीको निबेदनको आधारमा निस्सा तयार गरि बितरण गरिएको बबई गाउँपालिकाका प्रेस सल्लाहकार प्रेमबहादुर राम्जाले जानकारी दिनु भएको छ ।
बबई गाउँपालिका १ को गंगटेमा निस्सा वितरण गर्दै बर्बइ गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले फारम भरेका सबै निस्सा वितरण गरेपछि त्यसको आधारमा पुर्जा वितरण हुने बताउनु भएको छ । अध्यक्ष पौडेलले राष्ट्रिय भुमी आयोगको काम केही समय रोकिएपनि पुनः सुचारु भएकाले पुर्जा पाउनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । आफुहरु भुमिहिन सुकुम्बासी तथा अब्यबस्थीत बसोबासीहरुलाई पुर्जा वितरण गर्ने कार्यमा निरन्तररुपमा लागेको समेत बताउनु भयो ।

