हापुरे, १६ हापुरे ।
पश्चिम दाङको केन्द्र हापुरे वजारबाट बिगत १ वर्ष देखी बिशेषज्ञ सेवा प्रदान गर्दै आएको माता मनकामना पोलिक्लिनिकले मंगलबार देखी आफ्नो सेवालाई थप गरेको छ । पोलिक्लिनिकले थप सेवा अन्तरगत अत्याधुनिक डिजिटल एक्सरे सेवा सुरु गरेको हाे । अत्याधुनिक डिजिटल एक्सरे सेवा हापुरेबाटै सुरु भएपछि यस क्षेत्रका नागरिकलाई तुलसिपुर जानु पर्ने बाध्यता टरेको छ ।

 

प्रत्यक दिन एमबिबिएस डाक्टर द्धारा स्वास्थ्य सेवा दिदै आएको पोलिक्लिनिकले प्रत्यक शनिबार बिशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ । पोलिक्लिनिकमा ईमेरजेन्सी सेवा, भिडियो एक्सरे सेवा, ल्याब सेवा, फार्मेसी सेवा संगै अत्याधुनिक डिजिटल एक्सरे सेवा समेत उपलब्ध रहेको छ । मेसिन मंगलबार मात्र जडान भएको भएपनि सोही दिन ११ जना सेवा ग्राहीले सेवा लिएको पोलिक्लिनिकका सञ्चालक प्रेम वलील बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर