हापुरे १६ कत्तिक । नेकपा एमाले बबईले सुभकामना आदनप्रदान गरेको छ । कार्यक्रम नेकपा एमाले बबईका अध्यक्ष जित वहादुर वलीको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष टिका राम खड्काको प्रमुख आतिथ्य एवं जिल्ला सचिव मनोहर वुढाथोकीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रममा नवनिर्वाचित पालिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे थियाे । शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष खड्काले नेकपा बबई गाउँपालिकामा नेकपा एमालेको जुन खालको प्रभाव छ त्यो प्रभावलाई अझ बढाउदै आगामी निर्वाचनमा पनि एमालेको जित निश्चित गर्न तर्फ लाग्न निर्देशन दिनु भएको छ । उहाँले जनताको बिचारलाई उच्च मुल्यांकन गर्दै पार्टिका कार्यक्रमहरु सन्चालन गर्न समेत अनुरोध गर्नु भएको छ । कार्यक्रममा जिल्ला कमिटि सदस्य सावित्रा विक, वडा अध्यक्षहरू टेक व वली र नन्दलाल वली लगाएतकाले बोल्नु भएको थियो । उपाध्यक्ष शारदा शाहको स्वागत मन्तव्यवाट सुरू भएकाे कार्यक्रमको सहजिकरण सचिव धन बहादुर डाँगीले गर्नुभएको नेकपा एमाले बबईका उपसचिव टाेप वहादुर चाैधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर