
हापुरे १६ कात्तिक ।
नेपाली कांग्रेस बबई ५ का सभापती यूवराज कंडेलले न्यानोपनमा हाम्रो सहयोग अभियान अन्तरगत १० घरपरिवारलाई पुग्ने खाद्यान्न सहयोग गर्नुभएको छ । बबई ५ हापुरे तल्लो बजारमा साधना कोल्ड स्टोर एण्ड सस्तो पसल सञ्चालन गर्दै आउनु भएका कँडेलले चाडपर्वमा कसैले पनि निरास बन्न नपरोस भन्ने उद्देश्यले खाद्यान्न सहयोग गर्नु भएको अभियान्ता राम बहादुर वलीले बताउनु भएको छ । अभियान सञ्चालन गरेका अभियान्ता वलीले १० घर परिवारलाई पुग्ने खाद्यान्न सहयोग गरेकोमा वडा सभापति कँडेललाई धन्यबाद ब्यक्त गर्नु भएको छ ।

