
हापुरे १६, कात्तिक ।
न्यानोपनमा हाम्रो सहयोग अभियान अन्तरगत बबई गाउँपालिका हापुरेका यूवाहरुले बबई गाउँपालिकाका केही विपन्न परिवारका लागी खाद्यान्न सहयोग गरेका छन् । बिपन्न घरपरिवारमा पनि चाडपर्वको बेला हर्सउल्लास छाओस भन्ने उद्देश्यले बबई गाउँपालिकाका केही बिपन्न परिवारमा खाद्यान्न उपलब्ध गराएको अभियान्ता रामबहादुर वलीले जानकारी दिनु भएको छ । चाडपर्व लक्षीत खाद्यान्न वितरण कार्यक्रमलाई ब्यापक बनाउदै लैजाने पनि अभियान्ता वलीले बताउनु भयो ।


उहाँका अनुसार यदि बबई गाउँपालिका भित्र कहिँ कतै विपन्न परिवार भए आपफुहरूले खाद्यान्न यहयोग गर्ने बताउदै आफ्नो घर वरपर विपन्न परिवार भए आफुहरूलाई खबर गर्न पनि अनुरोध गरिएको छ । आर्थिक रुपमा सहयोग गर्न चाहानेले पनि न्यानोपनमा हाम्रो सहयोग अभियानमा सहभागी हुन सक्ने बताईएको छ । यो समुहले यसअघि दशैंमा पनि बबई गाउँपालिकाका विपन्न परिवारलाई मासुका लागी ब्रोईलर कुखुरा वितरण गरेको थियो । अभियानमा रामबहादुर वली सहित बिरेन्द्र सुबेदी, घनस्याम वली, राजन वली, देब वली लगाएतका रहनुभएको छ ।