घाेराही १३ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब नेत्र बिक्रम चन्द  (विप्लव) ले सरकार सँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोश व्यक्त गर्नुभएकाे छ । दाङको घोराहीमा शनिबार उद्घाटन भएकाे बिप्लब निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै सरकारलाई सहमती तत्काल कार्यान्वयन गरेर इमान्दारीता देखाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बाेल्दै महासचिव  (विप्लव) ले जनमत संग्रहकाे अबस्था आए आफुुहरु चुुनाबमा जाने बताउनु भएकाे छ । अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्न पर्ने र जनमत संग्रहकाे अबस्था आए आफुुहरु चुुनाबमा जाने उहाँले स्पष्ट पार्नुभयो । राज्य सत्ता अहिले संकटपूर्ण अबस्थामा रहेको टिप्पणि गर्दै विप्लबले न्यायलयमा समेत प्रश्न उठ्नु दुुर्भाग्यपूर्ण भएको जिकिर गर्नुुभयो ।

उहाँले नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र सत्तामा पुुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दावी गर्नुभयो । उहाँले अमेरिकी सहयोग एमसीसी सहयोगका रुपमा लिन सकिने तर निस्वार्थ हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर