
हापुरे १३ कार्तिक ।
नेपाल निजामती कर्मचारी युनियन शान्तिनगर गाउँपालिकाको प्रथम स्थानीय सभा आज चिराघाटमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाका प्रशासन अधिकृत कृष्ण कँडेलको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष कमान सिँह डाँगीको प्रमुख आतिथ्यतामा भएको सभाले कृष्ण कडेलको अध्यक्षतामा १३ सदस्यीय स्थानीय कार्य समिति चयन गरेको छ ।


कार्य समितिमा उपाध्यक्ष द्वय नन्दराम के सी र तिला पाण्डे. सचिवमा राजकुमार न्यौपाने, कोषाध्यक्षमा बिशाल के सी, रहनु भएको छ । यसै गरी सदस्यहरुमा हेम प्रसाद भण्डारी, लहानु चौधरी, यमकान्त पाण्डे, सावित्रा कुमारी गौतम, लिला गुरुङ, सुमन पाण्डे र सार्के वली रहनु भएको छ ।बाँकी एक सदस्य पछि मनोनित गर्ने बताईएको छ ।
स्वास्थ्य शाखाका प्रमुख हरि बहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि कमान सिँह डाँगी नेपाली काँग्रेस जिल्ला कार्य समिति दाङका सचिव शंकर डाँगी नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समितिका अध्यक्ष बामदेव खनाल नेपाली काँग्रेस शान्तिनगरका सभापति झलक के सी स्थानीय तह कर्मचारी प्रदेश प्रतिनिधि झरेन्द्र खरेल वडाअध्यक्ष क्रमशः फर्साराम डाँगी बुद्धिराम तिवारी र रवि बुढाथोकी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजिकरण अधिकृत सुमन पाण्डेल गर्नु भएको थियो ।