शान्तिनगर १३ कात्तिक ।
नेपालि कांग्रेस शान्तिनगरका नबनिर्वाचित सभापती तथा अन्य पदाधिकारीहरुको सम्मान तथा शुभदीपावलीको शुभकामना आदनप्रदान कार्यक्रम शनिबार शान्तीनगरको रगैंजामा सम्पन्न भएको छ । बिपी स्टडि यूथ सर्कल दाङ शान्तीनगर गाउँपालिका कार्यसमीतीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बिपी स्टडि यूथ सर्कल दाङका जेष्ठ सदस्य ज्ञानेन्द्रराज शर्माको अधयक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतीथीमा बिपी स्टडि यूथ सकर्ल दाङका अध्यक्ष प्रोज्वोल आर्चायले विपिको विचारमार्फत युवाहरुलाई जोड्ने उदेश्यले यो संस्था उदाएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथीमा नेपाली कांग्रेस शान्तीनगरका सभापती झलक के.सीले पार्टी सगंठन पार्टीको हितको लागी निस्वार्थ भयर लाग्न अनुरोध गर्नुभयो । हामिले निर्माण गरेको राजनितिक संस्कार युगौ युग सम्म रहने गरि जोड्नु पर्ने बताउदै निजि ईच्छालाई संगठनमा नजोड्न पनि आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा शिक्षक सघं लुम्बीनी प्रदेशका सदस्य राम बहादुर के.सी , नेपालि कांग्रेस शान्तिनगर गाउँपालिका वडा नं १ का सभापति गोपीलाल के.सी लगाएतले बोल्नु भएको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस शान्तीनगरका उप–सभापतीहरु,सचीब,सह–सचीब,लगायत नेपाली कांग्रेस शान्तीनगरका सम्पुर्ण वडाका सभापतिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण बिपी स्टडि यूथ सर्कल दाङका जिल्ला उपाध्यक्ष देवी भण्डारी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर