
हापुरे ११ कात्तिक ।
नेपाली कांग्रेस बबई गाउँपलिका ईकाई कमिटीको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । हापुरेमा रहेको पार्टि कार्यालयमा ईकाई सभापति प्रकाश बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले आसन्न १४औं महाधिबेशन अन्तरगतको वडा र पालिका स्तरिय अधिबेशन सफल पार्न सहयोग गर्ने पार्टिका नेता, कार्यकर्ता, शुभचिन्तक र सम्पुर्णमा धन्यबाद ब्यक्त गरेको छ । त्यस्तै बैठकले निर्बतमान ईकाई कमिटी संग बुझबुझार्थका लागी अनुरोध गर्ने निर्णय पनि गरेको वडा नं. ५ का सभापति यूवराज कँडेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार बैठकले नागरिकलाई मतदाता नामावली बनाउन प्रेरित गर्ने कार्यक्रमहरु गाउँगाउँमा सञ्चालन गर्ने, बेमौसमिरुपमा भएको बर्षातले क्षती पु¥याएको धानबालीको क्षतीको लगत संकलन गर्न वडा पार्टिलाई निर्देशन दिने, म्याद सकिएका सामाजिक संघ संस्थाको नेतृत्व चयनमा पहल गर्ने र पार्टिका बिभिन्न कार्य सञ्चालनका लागी पार्टि भित्रका जिम्मेवार नेताहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बबई गाउँपालिकामा नेपाली काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्न सबै जिम्मेवार नेताहरुलाई समेट्दै अगाडि बढ्ने निर्णय पहिलो बैठकबाट गरेको नेपाली काँग्रेस बबईका सभापति प्रकाश बस्नेतले बताउनु भयो । बैठकमा ७ वटा वडा सभापतिहरुको पनि सहभागीता रहेको थियो ।