
हापुरे १० कात्तिक ।
नेकपा एमाले बबई गाउँपालिकाको अध्यक्षमा जित वहादुर ओली निर्वाचित हुनुभएकाे छ। नेकपा एमाले दशौं महाधिवेशन अन्तर्गत पालिका अधिवेशनबाट ओली सर्वसम्मत चयन हुनु भएकाे हाे । मंगलवार भएको अधिवेशनमा सात जना अध्यक्षमा आकांक्षी भएपछि राति अवेर सम्म सहमति गरिएको थियाे ।


त्यस्तै उपाध्यक्षमा शारदा शाह, सचिबमा धन वहादुर डाँगी, उप–सचिवमा टोपबहादुर चौधरी र उपसचिवमा साेभा कुमारी खड्का निर्वाचित भएकाे छ । अधिबेशनबाट ८५ सदस्यिय पालिका कमिटी सर्बसहमतीबाट चयन गरिएकाे छ ।