
हापुरे ९ कात्तिक नेकपा एमाले बबई गाउँपालिकाको प्रथम गाउँ अधिबेशन सुरु भएको छ । नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष जितबहादुर वलिको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश तथा राष्ट्रियसभा सदस्य कोमल वलिको प्रमुख आतिथ्यतामा अधिबेशनको उद्घाटन भएको छ । करिब ३ सयको हराहारीमा प्रतिनिधिको सहभागी भएको प्रथम अधिबेशनले ८५ सदस्यीय पालिका स्तरिय कमिटी सर्बसहमतीबाट चयन गर्ने छ ।

