दाङ, ८ कात्तिक ।

नेकपाको एमालेको दशाैँ महाधिबेशन अन्तरगत पालीका तहको अधिबेशन भोली (मंगलवार) दाङ सहित देशभर हुदैछ । गएको शनिवार वडाको अधिबेशन सम्पन्न गरेको एमालेले भोली कात्तिक ९ गते पालीकामा अधिबेशन गर्दैछ । सोहि अनुसार दाङका पालीकामा पनि अधिबेशनको तयारी पुरा भएको एमाले दाङले जनाएको छ । उद्घाटन सत्र सकिएपछि बन्द सत्रले पालीका स्तरकाे कमिटि सर्बसम्मत रुपमा  चयन गर्नेछ ।

यता बबई गाउँपालिकामा भाेली हुने अधिबेशनकाे तयारी पुरा भएकाे छ । गाउँपालिकाका  ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने एमाले नेता टंकराज विश्वकर्माले जानकारी दिनुभएकाे छ । विहान ११ वजे बबई गाउँपालिकाकाे सभाहलमा उद्घाटन हुने अधिबेशनबाट ८५ सदस्यीय गाउँपालिका कमिटि सर्वसम्मत रुपमा चयन हुने प्रेम बहादुर राम्जाले बताउनुयाे ।

उता तुलसीपुरमा पनि अधिबेशनको तयारी पुरा भएको छ । तुलसीपुरमा झण्डै ८ सय प्रतिनिधिको सहभागिता रहने एमाले क्षेत्र नम्बर ३ का ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभएको छ । अधिबेशनको उद्घाटन विहान ११ बजे दोघरे स्थित उद्योग बाणिज्य संघको सभाहलमा  हुने छ । अधिबेशनबाट ८५ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन हुने बताईएकोछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर