हापुरे ८ कात्तिक ।

पश्चिम दाङको  बबई गाउँपलिकाको बिकट वडाको रुपमा रहेको वडा नं. १ को सेवा आफ्नै भवनबाट सुरु भएको छ । गाउँपालिका वडा नं. १ को गंगटेमा भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो । स्थानिय तहको निर्बाचन भएको करिव ४ वर्ष सम्म भाडाको भवनबाट सेवा दिईरहेको वडा कार्यालयले  भवन निर्माण सम्पन्न भए लगत्तै आज सोमबार देखी आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेको वडा अध्यक्ष खडक कवरले बताउनु भयो ।

यस अघि बबई गाउँपालिकाका वडा नं. २, ४, ५ र ६ ले पनि आफ्नै नयाँ भवनबाट सेवा प्रदान गर्दै आईरहेका छन् । बडा नं. ३ र ७ ले भने साबिकका गाबिसका भवनबाट सेवा सञ्चलान गरि रहेका छन् । गाउँपालिकाले पनि गत असारबाट आफ्नै प्रशासनिक भवनबाट सेवा दिदै आएको छ । योे संगै बबई गाउँपालिकामा वडा तथा गाउँपालिकाको प्रशासनिक कामकाजको लागी भाडाको भवन प्रयोग गर्नु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर