दिपसागर पौडेल पर्वत ७  कात्तिक ।

देशको संबिधान जारी पस्चातको देसैभर नेकपा एमालेको ६ हजार भन्दा बढी पहिलो वडा अधिबेशन शनिबार देशैभर सम्पन्न भएको छ । उक्त कार्यक्रममा भर्चुअल मार्फत नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीले देसैभर एकैसाथ प्रमुख आतिथ्याको ग्रहण गर्दै उक्त वडा अधिबेशनलाई सम्बोधन गर्नु भएको हो ।

त्यस्तै पर्बत कुश्मा नगरपालिका ७ खरेहा स्थित तेज गिरिको अध्यक्षतामा २४ सदस्यीय वडा कमिटी गठन भब्यताको साथ सु सम्पन्न भएको छ नेपाल कम्युनिस्ट पार्टी एमाले कुश्मा नगरपालिका वडा नम्बर ७ को सर्बसम्मत रुपमा २४ सदस्यीय वडा कमिटी गठन प्रक्रियामा पुनः तेज गिरिको अध्यक्षतामा वडा कमिटी गठन भएको हो भने उपाध्यक्षमा निलराज पुरी सचिवमा गोबिन्द पौडेल उप-सचिवमा तारा कुमारी शर्मा , जितेन्द्र बस्याल चयन हुनु भएको छ भने त्यस्तै सदस्यहरुमा नयानाथ शर्मा गौतम , कृष्ण गिरी , लक्ष्मिकान्त शर्मा , कुल प्रसाद श्रेष्ठ , कृष्णप्रसाद श्रेष्ठ , घनश्याम पौडेल , परशुराम गिरि , प्रकाश नेपाली , रामकृष्ण वि.क., कामी दमै , उमाकान्त शर्मा , चिन्तामणी गौतम , केशव रिमाल गणेश पौडेल , रामु नेपाली ,नारायण प्रसाद पौडेल ,सरस्वती शर्मा , अनुशा आचार्य पौडेल र शोभा राना चयन भएका हुन ।

कार्यक्रममा जिल्ला समन्ब्य समितिका संयोजक तथा सोही कार्यक्रमका विशिष्ट अतिथि मनोहर बि पौडेलले समग्र जिल्ला बिकासको निम्ति नेकपा एमालेले गरेको बिकास र समृद्धिको बारेमा आफ्नो धारणा राख्नुभएको थियोे र वडा बिकासका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो कार्यक्रममा बोल्दै नेकपा एमालेबाट निर्बाचित वडा अध्यक्ष तथा सोही कार्यक्रमका विशेष अतिथी सुवास चन्द्र पौडेलले समग्र वडाको विकासमा युवाहरुको भुमिका अपरिहार्य रहेको वताउदै एमाले सरकारका देश विकास कामका उल्लेखनीय कार्यहरुको स्पस्ट पार्दै पार्टी र संगठनका लागि आफुले सदा सकारात्मक हिसाबले युवाहरु सँगै कृयाशिल हिसाबले अगाडि बड्नु पर्ने कुरामा जोड दिनुभयो कार्यक्रममा एमालेका कृयाशिल ब्यक्तित्वहरु केशव राज पुरी , कृष्ण प्रसाद शर्मा , अम्बिका कुमारी , शर्मा कृष्ण बहादुर नेपाली , डम्बर नेपाली , बालकृष्ण शर्मा , मिठु पौडेल क्षेत्री लगायतले बोल्नुभएको थियोे । उक्त कार्यक्रममा पुर्व वडा कमिटी सदस्य गोबिन्द पौडेलको स्वागत र वडा सदस्य निलराज पुरीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर