तुलसीपुर ७ कत्तिक ।                                                         दाङको तुलसीपुरमा विभिन्न जातजातिको मौलिक पोशाक पाउने पसल सन्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका ५ राप्ती प्रदेशिक अस्पतालको गेट देखि दक्षिण तर्फ रोल्पाली बिमला फेन्सी एण्ड सिलाई पसल सन्चालनमा आएको हो । हराउदै गएको संस्कृतिको जगेर्ना गर्न मौलिक पोशाकहरु उपलब्ध गराउन पसल सन्चालन गरेको पसलका सन्चालक बिमला पुनले बताउनु भएको छ । बिशेष गरि मगरहरुको मौलिक पोशाकहरु उपलब्ध भएको उक्त पसलमा अर्डर अनुसार अन्य जातजातिको मौलिक पोशाकहरु उपलब्ध गराउने सन्चालक पुनले बताउनु भयो । उहाँका अनुसार पसलमा अन्य बेबि आईटमका साथै ग्राहकहरुको सेवाकालागी स्वदेशि तथा बिदेशी फेन्सी कपडाहरु पनि उपलब्ध रहेको छ । पसलबाट विभिन्न जातजातिका मौलिक पोशाकहरु सिलाई गरिने ब्यबस्था मिलाईएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर