
दाङ,७ कार्तिक ।
दाङको तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका परियारलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार परियारलाई बसले च्यापेको थियो । जेसिभीको सहयोगमा उद्धार गरी उनलाई अस्पताल पु¥याइएको थियो ।
घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरमा बेलुका आईतवार सवा ५ बजे दुर्घटनामा परेको थियो । मोतिपुरको ओरालोमा बस सडकदेखि तल खसेकाे हाे । बसमा सवार थप २१ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएकाे छ।