हापुरे ७ कात्तिक ।

बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले सहकारीको माध्यमबाट आर्थिकरुपमा सम्पन्न बन्न सकिने बताउनु भएको छ । उहाँले छरिएर रहेको पुँजीलाई एकिकृत गरेर लगानी मैत्री वातावरण बनाउन सके आर्थिकरुपमा सम्पन्न हुन सकिने बताउनु भयो । बबई कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना अन्तरगत बबई गाउँपालिकामा बबई सामाजिक उद्यमी महिला सहकारी लि.को गठन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताउनु भएको हाे । अध्यक्ष पौडेलले सहकारी संस्थामा आर्थिक गतिबिधी जती सक्यो चलायमान गराए मात्र सहकारी मार्फत सवल बन्न सकिने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पौडेलले अहिले गठन भएको बबई सामाजिक उद्यमी महिला सहकारी लि. ले बबई गाउँपालिकाका महिलाहरुको आर्थिक तथा सामाजिक बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिस्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्ल, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली, जनमुखी सहकारीमा अध्यक्ष बिकासराज बालान क्षेत्री लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमबाट हिरा नेपालीको अध्यक्षतामा ११ सदस्यिय सहकारी तदर्थ समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा लिलाकुमारी वली, सचिवमा हेमा बिक, कोषाध्यक्षमा हिमा भन्डारी रहनु भएको छ । सदस्यहरुमा राजकुमारी डाँगी, जानकी खड्का, चेतना चौधरी, झुमरा सार्की, मान कुमारी केसी, बिमा कुमारी शर्मा र सुप्रिया रोकाय रहनु भएको छ । जेष्ठ सदस्य पुतलादेबी रेग्मीको अध्यक्षतामा सम्पन्न सहकारी गठन कार्यक्रमको उद्देश्यबारे हेफरका कार्यक्रम अधिकृत महेशकुमार आचार्यले प्रस्ट पार्नु भएको थियो । परियोजना संयोजक हिरालाल खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेमबहादुर राम्जाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर