हापुरे , ७ कात्तिक ।

सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री पठाइसकिएको भन्दै आवश्यक सबै तयारी पनि पूरा भएको बताउनुभयो ।

यसवर्ष भिटामिन ‘ए’ २७ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने पनि पराजुलीले जानकारी दिनुभयो । मन्त्रालयले सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ । यता दाङको बबई गाउँपालिकामा २ दिनमा जम्मा ३ हजार २ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष लिइएको बबई गाउपलिका स्वास्थ्य शाखाले बताएको छ । शाखाका सह संयोजक सरदराज गिरीले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य स्वायम सेविका संग सम्पर्क गरि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सबै अबिभाबक लाई अनुरोध गरिएको छ । त्यस्तै दाङ जिल्लामा ५८ हजार बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा भिटामिन र जुकाको औषधी ५८ हजार ३८ जना बालबालिकालाई खुवाउने लक्ष्य राखीएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर