
हापुरे ६ कात्तिक
नेकपा एमाले बबई गाउँपालिका वडा नं. ४ को अध्यक्षमा नारायण परियार निर्वातित हुनुभएको छ । शनिवार भएको नेकपा एमाले बबई गाउँपालिका ४ को वडा अधिवेशनबाट परियार अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको वडा नं. ४ का मतदान अधिकृत जित बहादुर वलीले बताउनु भएको छ । त्यस्तै उपाध्यक्षमा खिमबहदुर रोका मगर, सचिवमा जिवन वली, सहसचिवमा हिरा नेपाली र नेबबहादुर वली निर्बिरोध निर्वाचित भएको अधिकृत वलीले बताउनु भएको छ ।


त्यस्तै बबई गाउँपालिका वडा नं. ६ को अधिवेशनबाट पुर्णबहादुर वलीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको वडा नं. ६ का मतदान अधिकृत सरदराज गिरीले जानकारी दिनु भएको छ । उता बबई गाउँपालिका वडा नं. २ मा प्रेमलाल वलीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्बिरोध निर्वाचित भएको मतदान अधिकृत तिलक केसीले बताउनु भएको छ ।
त्यस्तै बबई गाउँपालिका वडा नं. ७ मा रुपा राना निर्विरोध निर्वाचित हुँदा वडा नं. ५ मा शिव भन्डारीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी सर्बसहमतीबाट चयन भएको छ । जसको सचिबमा भागीराम सुनार रहनु भएको पत्रकार बालकृष्ण पाण्डेले जानकारी दिनु भएको छ । यस्तै बबई गाउँपालिका वडा नं. ३ को अध्यक्षमा मानबहादुर केसी निर्बिरोध निर्वाचित हुनु भएको वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल वलीले जानकारी दिन भएको छ । आज शनिवार वडा अधिबेशन सम्मन्न भएको नेकपा एमालेको गाउँ अधिबेशन आगामी नौ गते हुनेछ ।