हापुरे ३ कात्तिक ।
न्यानाेपनमा हाम्राे सहयाेग अभियान चलाईरहेका पश्चिम दाङको बबई गाउँपालिकाका यूवाहरुले छिमेकीलाई हाम्रो सहयोग भन्ने नारा सहित भिजेको धान उठाउन सहयोग गरेका छन् । गाउँपालिकाको हापुरे क्षेत्रका यूवाहरुले लगातारको वर्षातका कारण खेतमा क्षेतीग्रस्तरुपमा रहेको धानवाली उठाएर सुरक्षीत ठाउँमा राख्न सहयोग गरेका हुन् । बिपतीमा एकले अर्कोलाई सहयोग गरेर सामना गर्नु पर्छ भन्ने उद्देश्यले बबई गाउँपालिकाको बबरपुर र सिमगैरा क्षेत्रका किसानहरुको खेतमा पुगेर उनीहरुले धानबाली उठाउन सहयोग गरेका हुन ।

बबई ५ निवासी रामबहादुर वली,भुपबहादुर श्रीस, सेरबहादुर डाँगी, बिरेन्द्रकुमार सुबेदी, राजन वली, अजय वली, राेशन वली र देव वली लगाएतका यूवाहरुले कृषकको खेत मै पुगेर सहयोग गरेका हुन । यस अघि बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पनि कृषकहरुको भिजेको धानवाली उठाउन छिमेकीले पनि सहयोग गर्न अनुरोध गर्नु भएको थियो । याे यूवा समुहले बिभिन्न समयमा बिभिन्न अभियान सञ्चलान गर्दै नागरिकहरुलाई सहयाेग गर्दै आईरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर