प्युठान ३ कात्तिक ।
लगातार भैरहेको वर्षातका कारण आएको अरङखोलाले ३ जनालाई बगाएको छ । प्यूठानको माण्डबी गाउँपालिका स्थित अरङखोलाले एक महिला र दुई बालबालिका गरि ३ जनालाई बगाएको प्रहरीले जनाएको छ ।


माण्डवी गाउँपालिका वडा नं ४ आपचौरबाट स्थानीय अस्पतालमा जाने क्रममा २८ बर्षिया देबिसरा कार्की, देबिसराको दुई बर्षिय छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको आठ बर्षिया छोरी अनुस्का अधिकारीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देबिप्रसाद गैरेले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार देबिसराको माण्डबी गाउँपालिका २ मा शब फेला परेको छ । दुई जना बालबालिकाको प्रहरी र स्थानीयद्धारा खोजी कार्य भैरहेको सुुचना अधिकारी प्रहरी निरीक्षक गैरेले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर