हापुरे ३ कात्तिक ।
पश्चिम दाङको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले लगातार भएको वर्षातबाट भएको धानको क्षतीको विवरण संकलन गर्न निर्देशन दिनुभएको छ । गाउँपालिकाका ७ वटै वडा कार्यालय मार्फत कृषकले काटेर राखेको धानमा भएको क्षतीको विवरण संकलन गर्न निर्देशन दिनु भएको हो । लगातार भएको वर्षातले कृषकले काटेर राखेको खेतको धानमा क्षती पु¥याउदा कृषकहरु मारमा परेका छन् ।

 

अध्यक्ष पौडेलले कृषकले काटेर राखेको धानको सत्यतथ्य बिवरण संकलन गर्न वडा कार्यालयहरुलाई निर्देशन दिदै भन्नु भयो,“ कृषकले काटेर राखेको धानको क्षेती विवरण आज बुधवार बेलुका सम्ममा तयार पार्नुस, केन्द्र सरकार र प्रदेश सरकारको राहत प्याकेज हेरेर गाउँपालिकाले पनि कृषकहरुलाई राहत उपलब्ध गराउन पर्छ” ।

अध्यक्ष पौडेलका अनुसार केन्द्र सरकार र प्रदेश सरकारको राहत प्याकेज कस्तो आउछ त्ससलाई हेरेर बबई गाउँपालिकाले राहतको ब्यबस्थापन गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले कार्तिक महिनाको बेमौसमी वर्षातले कृषकले गरेको मेहनतलाई नस्ट गरेकोमा बबई गाउँपालिका गम्भिर भएको बताउनु भएको छ । वर्षात लगातार भैरहेकाले नदी तटिए क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षीत रुपमा बस्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर