कार्तिक १ हापुरे ।
पश्चिम दाङको हापुरेमा पहिलो पटक दलित महिलाहरुले डेरी सप सञ्चालनमा ल्याउने भएका छन् । दलित महिला बहुद्देश्यीय सहकारी संस्था द्धारा डेरी सप सञ्चालन गर्न लागीएको संस्थाका अध्यक्ष अमृता बिकले जानकारी दिनु भएको छ । २ वर्ष पहिले दलित सेवा संघ दाङको हसयोगमा स्थापना भएको सहकारी संस्थाले बबई गाउँपालिकाको केन्द्र हापुरे वजारमा डेरी सप सञ्चालन गर्न लागेको बताईएको छ ।

दलित महिलाहरुको आर्थिक बिकासका लागी स्थापना गरिएको सहकारीले सहकारीका सदस्यहरुहलाई ऋण लगानी गर्ने गर्दै आएको छ । सानो लगानीबाट सुरु भएको सहकारीले हापुरेमा डेरी सपको स्थापना गरि मुनाफा गर्न सकिने आशा लिएको बताइएको छ । शपमा दुधबाट बन्ने परिकारहरु उपलब्ध हुने बताईएको छ । डेरीले कृषकले उत्पादन गरेको दुग्धजन्य पर्दाथको वजारीकरणमा बिशेष ध्यान दिने समेत बताईएको छ । डेरी काे उद्घाटन कार्तिक २ गते म‌‌गलबार हुदै  छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर