
असोज २७ , काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताउनु भएकाे छ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा बाेल्दै उहाँले साफपछि राजीनामा दिने बताउनु भएकाे छ ।


‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उहाँले भन्नु भयाे । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।
५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त हुनु भएकाे थियाे ।
अलमुताईरीको प्रशिक्षणमा नेपालीकाे खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उहाँले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा अाउनु भएकाे थियाे ।