
असोज २७ , काठमाडौं ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेश संग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाउन सफल भएकाे हाे । खेलकाे ८८ मिनेटमा अन्जन बिष्टले पेनाल्टी मर्फत गाेल गरे पछि नेपाल फाईनलमा प्रबेश गरेकाे हाे । यस अघि बगलादेशले खेल सुरु भएकाे ८ मिनेट मै १ गाेल गरेर अग्रता लिएकाे थियाे तर नेपालले त्यसकाे अग्रता ताेड्दै फाईनलकाे यात्रा तय गरेकाे छ ।

