असोज २७  हापुरे ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले पश्चिम दाङको बबई गाउँपालिका पश्चिम नेपाल जोड्ने मुख्य नाका भएको बताउनु भएको छ । नेता पाख्रेलले नेकपा एमाले बबई गाउँपालिकाले आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमालेको सरकार आउनु भन्दा पहिले पश्चिम दाङको बबई गाउँपालिकालाई दाङकै बिकट ठाउँका रुपमा लिईने गरेको भन्दै अहिले यहाँको बिकासमा महत्वपुर्ण परिवर्तन भएको बताउनु भएको छ ।


जनयूद्ध पछिको शान्ति स्थापना गर्ने ठाउँका रुपमा रहेको हापुरेमा आफुहरु प्रदेश सरकारमा रहेको बेला अस्पताल स्थापना गरेको बताउदै नेता पाख्रेलले अब सानो सानो समस्याका लागी पनि तुल्सीपुर र नेपालगञ्ज जानु पर्ने बाध्यता टरेको बताउनु भयो । बबई गाउँपालिकाका बिकासमा गाउँपालिकाले हदैसम्मको मेहनत गरेको समेत नेता पाख्रेलले बताउनु भएको छ ।

बबई गाउँपालिकामा बिकास भएको नदेख्ने काँग्रेसले आफ्नो पार्टिले जितेको ठाउँमा गएर हेरे सबै प्रस्ट हुने नेता पाख्रेलले बताउनु भयो । त्यस्तै फरक प्रशंगमा नेता पोख्रेलले प्रचन्डको धुलमुले ब्यबहारले नेकपा कोल्याप्स भएको बताउनु भयो । प्रचण्डको आफु मात्रै नेता बनिरहने स्वार्थीपनाले नेपालको कम्यूनिष्ट आन्दोलन कमजोर बन्दै गएको समेत नेता पाख्रेलले बताउनु भयो ।

पाख्रेलले एमाले पाटी फेरी पहिलो शक्तिका रुपमा स्थापित हुने बताउनु भएको छ । जनताका आधारभुत आबश्यकता पुरा गर्ने भनेकै एमाले भएकाले अब नयाँ जनादेशबाट फेरी पहिलो शक्ति बन्ने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलले विभिन्न तत्वहरुले झालझेल गरी सरकार ढालेको आरोप लगाउदै जनताका अधुरा कामका लागी पनि फेरी जनताले एमाललेलाई रोज्ने बताउनु भयो । कार्यक्रम नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेकपा एमाले नेता भुवनेस्वर पौडेल, साबित्रा बिस्वकर्मा लगाएतकाले बोल्नु भएको थियो । नेकपा एकालेका नेता टेकबहादुर वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा एमाले बबईका सचिव धनबहादुर डाँगीले गर्नु भएको थियो ।।

प्रतिक्रिया

सम्बन्धित खवर