
असोज १८ हापुरे ।
दाङको बबई गाउँपालिका २, ३ र ४ को सुन्दरखाल सम्मको क्षेत्रकालागी चाडपर्व बिशेष सुरक्षा समिती गठन गरिएको छ । चाडपर्वमा हुन सक्ने बिभिन्न किसिमका अपराधिकक्रियाकलापलाई रोकन स्थानिय सुरक्षा समिती गठन गरिएको हो । बिशेष गरि वडादशै, तिहार र छठपर्वमा माधव पदार्थ सेवनगरि होहल्ला गर्दा, झैझगडा गर्दा, जुवातास खेल्दा, रातीको समयमा घुम्ने लगाएतका काम गर्दा अपराधीक क्रियाकलाप हुन सक्ने भन्दै त्यस्ता अपराधिक क्रियाकलाप रोक्न समिती गठन गरिएको बताईएको ।
अन्य समय भन्दा चाडपर्वको समयमा बढि अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै स्थानिय जनप्रतिनिधी र प्रहरीको सक्रियतामा समिती गठन गरिएको बबई २ का वडा अध्यक्ष चिन्तामणी शर्माले बताउनु भयो । उहाँका अनुसार समितीले जिल्लाको सुरक्षा समितीले बनाएको सुरक्षा ब्यबस्थालाई आम नागरिक सम्म पु¥याउने र त्यसको पालनामा प्रशिक्षित गराउने बताईएको छ ।


सोमबार पुरन्धारा प्रहरी चौकी हंसपुरमा बसेको बैठकले बबई ३ का वडा अध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा नौ सदस्यिय स्थानिय चाडपर्व सुरक्षा समिती गठन गरिएको छ । जसको सदस्य सचिवमा प्रहरी चौकी हंसपुरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक टिकाबहादुर महत्तरा रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा मानबहादुर केसी, प्रेमलाल नागबाग, गुमान सिं जिसी, बालकृष्ण केसी, रामबहादुर खत्री, सरस्वती नेपाली, र गिता परियार रहनु भएको छ । बैठकले वडा नं. २ काअध्यक्ष चिन्तामणि शर्मा, बबई गाउँपालिकाका प्रबक्ता टंकराज बिस्वकर्मा रहने गरि सल्लाहकार समिती समेत गठन गरिएको छ । नव गठित स्थानिय सुरक्षा समितीले सुरक्षाका नियमहरु सबैले पालना गरे अपराधिक क्रियाकलाप कतै बाट पनि नहुने भन्दै चाडपर्वको बेला सबै नागरिक जिम्मेवार र सम्बेदनशिल बनेर अगाडि बढ्न अनुरोध समेत गरेको छ ।