असोज १८ हापुरे ।
बबई गाउँपालिकाको हापुरेमा ३ दिने भोक हड्ताल सुरु भएको छ । बिभिन्न १० बुदे माग राख्दै गाउँपालिकाको कार्यालय परिषरमा सोमबार बिहान १० वजेदेखी भोक हड्ताल सुरु गरिएको आयोजक भक्त डाँगीले बताउनु भएको छ ।

उहाँका अनुसार दाङको बबई गाउँपालिकाको मध्यवर्ती क्षेत्रको बस्ती स्थानान्तर, बिद्युत बिस्तार , सञ्चारको पहुँच बिस्तार, सडक सञ्जाल बिस्तार, बाढी पिडितलाई राहत उपलब्ध, खेलकुद समिती गठन लगाएतका माग राख्दै भोक हड्ताल सुरु गरीएको बताईएको छ । भोक हड्ताल पस्चात गाउँपालिकामा ध्यानार्कषन पत्र समेत बुझाईने उहाँले बताउनु भएको छ । कार्यक्रम असोज २० गते सम्म रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर