असोज १८ हापुरे ।

दलित सेवा संघ दाङको आयोजनामा बबई गाउँपालिकामा निर्वाचिति दलित जनप्रतिनिधीहरु र दतिल समुह प्रमुखहरुका लागी २ दिने अभिमुखी करण कार्यक्रम सुरु भएको छ । सोमबार दलित सेवा संघका जिल्ला अध्यक्ष लिला बिस्वकर्माको अध्यक्षता तथा दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी प्रसाद बिस्वकर्माको प्रमुख आतिथ्यता एवम बबई गाउँपालिका निमित्त प्रमुख प्रसाशकिय अधिकृत मोहनलाल दाहालको बिशिष्ट आतिथ्यतामा गाउँपालिकाको सहभाहलमा उद्घाट भएको अभिकुखी कार्यक्रममा दलित हक अधिकारको बिषयमा संबिधान र कानुनमा भएका ब्यबस्थाहरुको बारे जानकारी गराईने आयोजकले बताएको छ ।

जाजिय बिभेद, छुवाछुत, अन्य हिंसा सम्वन्धि नेपालमा बनेका ऐनको बारेमा प्रशिक्षी गराउने उद्धश्य लिइएको अभिमुखीकरण कार्यक्रममा स्थानिय निर्वाचनमा बबई गाउँपालिकाका सात वठा वडाबाट निर्वाचित १० जना जनप्रतिनिधी र बिभिन्न दलित समुहका १५ जना प्रमुख गरी २५ जनाको सहभागीता रहको कार्यक्रम २ दिन सम्म चल्ने बताइएको छ । जिल्ला सह सचिब सन्तोष चनाराको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चलान दलित सेवा संघ दाङका कार्यक्रम अधिकृत छबि परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर