असोज १८ हापुरे ।

पश्चिम दाङको बबई गाउँपालिकामा असोज २१ गते देखी सञ्चालन हुन लागेको प्रथम हापुरे खुल्ला पुरुष भलिवल प्रतियोगितामा शाथि मेडिसिन डिस्ट्रब्यूटर्स तुलसीसुर तथा सेवा स्वास्थ्य क्लिनिक हापुरेले मुख्य प्रायोजन गर्ने भएको छ । शाथि मेडिसिन डिस्ट्रब्यूटर्स तुलसीसुर तथा सेवा स्वास्थ्य क्लिनिक हापुरेका सञ्चालक सरदराज गिरि र भगवती बस्नेतले खेलकुद सम्पन्न गर्न आफ्नो तर्फबाट मुख्य प्रायोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सञ्चालक गिरी र बस्नेतले भलिबलका लागी पच्चिस हजार रुपैया सहयोग उपलब्ध गराउदै प्रतियोगिताको मुख्य प्रायोजक बन्नु भएको छ । उहाँहरुले आफुहरु खेल प्रेमी भएकाले आयोजक संगको सहकार्यमा मुख्य प्रायोज कबनेको बताउनु भएको छ । साथै उहाँहरले प्रतियोगिताको पुर्ण सफल्ताको कामना सुमेत गर्नु भएको छ । यसै बिच प्रतियोगिताको मुख्य प्रायोजक शाथि मेडिसिन डिस्ट्रब्यूटर्स तुलसीसुर तथा सेवा स्वास्थ्य क्लिनिक हापुरेका सञ्चालक सरदराज गिरि र भगवती बस्नेतलाई आयोजकले धन्यबाद ब्यक्त गरेको छ । आयोजक संस्थाका अध्यक्ष दलबहादुर परियारले खेल क्षेत्रको बिकासका लागी उहाँहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएको बताउदै मुख्य प्रायोजक वनेर आफुहरुको हौसाला थपिदिएको बताउँदै धन्यवाद ब्यक्त गर्नु भएको छ ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर