
असोज १५ हापुरे । एकिकृत अखिल नेपाल शिक्षक संगठन बबई गाउँपालिकाको प्रथम परिषद बबई गाउँपालिकाको हंसपुरमा सम्पन्न भएको छ । सामुदायिक तथा सस्थागत बिद्यालय गरि हालकाे अवस्थामा ४५ जना शिक्षककाे सदस्यता नबिकरण पश्चात् बसेकाे एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बबई गाउँपालिकाको प्रथम परिषदबाट तिलकराम शर्माकाे अध्यक्षता ११ सदस्यिय गाउँ कमिटी सर्बसम्मतबाट गठन गरेको छ । जसको उपाध्यक्षमा नवराज के सि, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा अमृत डागि, सह सहसचिवमा एकमाया के सि र अर्थ सहसचिवमा काली ब खड्का रहनु भएको छ । संगठनको सदस्य हरुमा शशि वि क, डम्बर चन्द सदस्य, सन्जिता डागि, गाेमति वलि र लक्ष्मण शर्मालाई चयन गरिएको बताईएको छ ।

