असोज १५ हापुरे
पश्चिम दाङको हापुरेमा हुन लागेको प्रथम खुल्ला पुरुष भलिवल प्रतियोगिताका लागी सहयोग आउन सुरु गरेको छ । कार्यक्रम सफल पार्न बबई गाउँपालिकाको केन्द्र हापुरे वजारमा ब्यबसाय गर्ने ब्यबसायिहरुले कार्उक्रम प्रायोजन गरि सहयोग गर्न सुरु गरेका छन् । कार्यक्रम सफल पार्न बबई गाउँपालिकाको हापुरेमा रहेको पवन होटेल का सञ्चालक पवनकुमार वलीले रु ५ हजार, छहरा ईट्टा, बालुवा सप्तायर्सका सञ्चालक खिमबहादुर वली सन्देशले रु ५ हजार, आकंक्षा मेडिकलका सञ्चालक तिलक खड्काले ५ हजार, प्रभात फेन्सी स्टोरका सञ्चालक नरेन्द्रलाल भारतीले रु ५ हजार, न्यू छहरा ईलेक्टोनीक सप्लार्यसका सञ्चालक मानबहादुर वलीले ५ हजार र वजाज स्वरुम हापुरेका सञ्चालक खुमबहादुर खड्काले रु ५ हजार सहयोग गर्नु भएको आयोजकले बताएको छ । त्यस्तै नारद भुषालले रु५ सय सहयोग गर्नु भएको छ । प्रायोजन गरि सहयोग गर्ने सबैलाई आयोजकले धन्यबाद दिएको छ ।

वडा दशैको अबसर असोज २१ गते घटस्थापनाका दिन उद्घाटन हुने प्रतियोगिता असोज २३ गते सम्म चल्ने खुल्ला भलीवल प्रतियोगिताको लागी मुख्य प्रायोजक गर्न चाहानेले सम्पर्क गर्न अनुरोध समेत आयोजकले गरेको छ ।
पहिलो पटक हापुरेमा सञ्चालन हुन लागेको प्रतियोगतामा प्रथम हुनेले नगत २० हजार सहित खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अर्जुन परियारले बताउनु भएको छ । त्यस्तै प्रतियोगितामा द्धितिय हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनु भयो ।
खेलकुद कार्यक्रम असोज २१ गते हापुरेमा उद्घाटन हुने बताएको आयोजकले असाज २० गते दिउसो ४ वजे सम्म टिम दर्ता गर्ने, सोही दिन ५ वजे टाईसिट गर्ने र २१ गते बिहान देखी प्रतियोगिताका खेल सञ्चालन गर्ने खेल तालिका बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर