असोज १५ हापुरे ।
पश्चिम दाङका धेरै स्थानमा एनसेलको टावरले काम गर्न छोडेको छ । पश्चिम दाङको बबई गाउँपालिका क्षेत्रमा बिगत एक साता देखी एनसेल टावरले काम नर्गदा एनसेल प्रयोग कर्ताहरुमा मर्कामा परेका छन् । नेटवर्क देखाएपनि फोन गर्दा नेटवर्कले काम नगर्ने गरेको एनसेल प्रयोग कर्ताको गुनासो रहेको छ ।
बिगत एक साता देखी नेटवर्कले काम नगर्दा पनि सम्वन्धित निकायले कुनै चासो नदेखाएको भन्दै एनसेल प्रयोग कर्ताहरुले गुनासो गरेका छन् । फोन फोन गर्दा फोन गए पनि कुरा गर्दा भने आवाज नसुन्नीने समस्या रहेको प्रयोगकर्ताहरुले बताएका छन् । नेटवर्कमा समस्या भएपछि कयस क्षेत्रका एनसेल प्रयोग कर्ताहरु मर्कामा परेका छन् । फोनले काम नगर्दा कसलाई सकरी सम्पर्क गर्नेमा पनि अन्योल भएको प्रयोग कर्ताको भनाई छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर