असोज १५ हापुरे
पश्चिम दाङको हापुरेमा प्रथम खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वडा दशैको अबसर पारेर मिडिया संरक्षण मञ्च नेपाल बबई गाउँपालिका ४ को आयोजनामा गर्न लागिएको संस्थाका अध्यक्ष दल बहादुर परियारले बताउनु भएको छ । असोज २१ गते

घटस्थापनाका दिन उद्घाटन हुने प्रतियोगिता असोज २३ गते सम्म चल्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार खुल्ला प्रतियोगिता भएकाले सबैतिरबाट खेलाडीहरु आउन सक्ने बताईएको छ । प्रतियोगतामा प्रथम हुनेले नगत २० हजार सहित खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अर्जुन परियारले बताउनु भएको छ । त्यस्तै प्रतियोगितामा द्धितिय हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनु भयो ।

खेलकुद कार्यक्रम असोज २१ गते हापुरेमा उद्घाटन हुने बताएको आयोजकले असाज २० गते दिउसो ४ वजे सम्म टिम दर्ता गर्ने, सोही दिन ५ वजे टाईसिट गर्ने र २१ गते बिहान देखी प्रतियोगिताका खेल सञ्चालन गर्ने खेल तालिका बनाएको छ । ३ दिन सम्म चल्ने भलिवल प्रतियोगितामा प्रायोजन गर्न चाहानेले समपर्क गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर