
असोज १५ हापुरे ।
पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेबाट सेवा दिदै आएको माता मनकामना पोलिकिल्नीक प्रालीमा असोज १६ गते शनिबार एकै दिन दुई वटा बिशेषज्ञ डाक्टर द्धारा बिरामीहरुको उपचार हुने भएको छ ।
पोलीक्लिनिकमा महिला रोग बिशेषज्ञ डा. अनुपमा शर्मा र हाडजोर्नी बिशेषज्ञ डा. हिमान्सु शाह द्धारा बिरामीहरुको चेकजाँच तथा उपचार हुने पोलिक्लिनिक सञ्चालक प्रेम बहादुर वलीले जानकारी दिनु भएको छ ।


सञ्चालक वलीका अनु्सार महिला सम्बन्धि सम्पुर्ण बिरामी हरुको चेकजाँच तथा उपचार र हाडजोर्नी का बिरामीहरुको चेकजाँच तथा उपचार गरिने बताईएको छ । पोलिक्लिनिकले बिगत केही वर्ष देखी बिशेषज्ञ सहितको सर्बसुलभ स्वास्थ्य सेवा दिदै आईरहेको छ । असोज १६ गते शनिबार उपचार गर्न चाहाने बिरामीहरुले फोनबाट पनि नाम दर्ता गर्न सकिने पनि सञ्चालक वली बताउनु भएको छ ।