काठमाडाै‌ १३ असाेज ।

यूट्युब च्यानलमा महिलाको चरित्रहत्या गर्ने किसिमको भिडियो सामग्री तथा अन्तरवार्ता प्रसारण गरेको आरोपमा दाङका एक सहित ४ जना युट्युबर लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरो टोलीले दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानल नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानल मोरङका ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका दोलखाका २४ वर्षीय रोधन तामाङलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरुले युट्युब च्यानलमार्फत पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी भिडियो सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर