काठमाडौं १३ असोज ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जानु भएको छ । उहाँ बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक जानुभएकाे हाे । माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान मार्फत जानुभएको छ ।

नेता पुनको साथमा उहाँकी पत्नी एवम पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक जानुभएको छ । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने बताईएको छ । उहाँ जण्डिस बिग्रीएर हुने एक प्रकारको समस्याबाट लामो समय देखी पिडित रहनु भएको छ । यस अघि पनि पुनको बैंकको समितिभेज अस्पतालमै उपचार भएको थियो । पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायतका नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको थियो ।।

प्रतिक्रिया

सम्बन्धित खवर