
असोज १२ हापुरे ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ का तटिय क्षेत्रका स्थानिय बासिन्दालाई पानी जन्य आपतकाल खोज तथा उद्धार तालिम दिईएको छ । ३ दिन सम्म सञ्चालन भएको तालिमको मंगलबार एक कार्यक्रमका बिच समापन गरीएको छ । बबई गाउँपालिका वडा नं. ७ मा नदिको तटिय क्षेत्र धेरै भएको पानीजन्य आपत कालको समयमा कसरि उद्धार गर्ने, समुदायमा भएका स्रोत साधनबाट पनि अफ्ठेरो समयमा खोज तथा उद्धार गर्न सकिन्छ भन्ने कुराको प्रशिक्षण आयोजना गरिएको नेपाल रेडक्रस दाङ शाखाले बताएको छ । तिन दिन सम्म सञ्चालन भएको तालिममा सहभागीहरुलाई समुदायमा भएका स्रोत साधनबाट पनि अफ्ठेरो समयमा खोज तथा उद्धार गर्न सकिन्छ भन्ने कुराको प्रशिक्षण दिईएको थियो ।
सहभागीहरुलाई बबई नदिमा प्रयोगात्मक प्रशिक्षण समेत गराईएको आयोजकले बताएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा भएको तालिमको प्रशिक्षकमा केशव बुढा , बसन्त गीरी नेपाल रेडक्रस सोसाईटिका विश्वप्रकाश अर्याल रहनु भएको थियो । तालिम पस्चात तटिय क्षेत्रमा भै परि आउने आपतमा स्थानिय रुपमा उपलब्ध स्रोतको प्रयोगबाट खोज तथा उद्धार गर्न सकिने भएको सहभागीहरुको भनाई छ । रेडक्रसले बिभिन्न ठाउँका स्थानिय बासिन्दालाई बिपत ब्यबस्थापन सम्बन्धि सचेतना र तालिम प्रदान गरि बिपत ब्यबस्थापनमा महत्वपुर्ण काम गर्दै आएको छ ।


तालिम समापन कार्यक्रम बबई गाउपालिका वडा नं ७ का वडा अध्यक्ष महाविर चौधरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति नारायण आचार्यको प्रमुख आथित्यता तथा जिल्ला उपकोषाअध्यक्ष ज्ञानप्रसाद आईतबारेको विशिष्ट आथितयतामा समपन्न भएको हो । समापन कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटिका विश्वप्रकाश अर्यालले गर्नु भएको थियो ।