
दाङ, ९ चैत ।
दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज वाग्मती प्रदेश र काेशी प्रदेश टीम भिड्दैछन् । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा रहेको वाग्मती प्रदेश र नवाैँमा रहेको काेशी प्रदेश टीम बीच खेल हुन लागेको हो ।
अहिलेसम्म ६ खेल खेलीसकेको वाग्मती २ मा जीत र ४ मा हार व्यहाेर्दै ४ अंकका साथ आठाैँ स्थानमा रहँदा समान ६ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ । वाग्मतीको कप्तानी अनुभवी खेलाडी पृथु बास्काेटाले सम्हालेका छन् भने काेशी प्रदेशको कप्तानी अंकित सुवेदीले सम्हालेका छन् । वाग्मतीका लागि बास्काेटासँगै आसुताेष घिरैया, इशान पाण्डे, शुभ कंशाकार, सुमन सुनार, विवेक मगर, सूर्य तामाङ, रिजन ढकाल, विपिन आचार्य, गाैतम केसी, साकार गजुरेललगायत खेलाडी छन् ।


काेशी प्रदेशमा कप्तान सुवेदीसँगै चिराग साह, सकिब हक, सुजन थपलिया, साेनु अन्सारी, सुभम गहतराज, दिपेश कँडेल, भपाल लुइँटेल, विपिन महताे, श्रवण किस्कु, प्रकाश कार्कीलगायत खेलाडी छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शुक्रबारसम्म ३३ वटा खेल भईसकेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १० गते सुदरपश्चिम र काेशी प्रदेश, चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।