दाङ, २ चैत्र । तुलसीपुरमा ८० वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । होलि पर्वको समयमा हुनसक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले तुलसीपुरका विभिन्न स्थानमा गरेको सवारी चेकजाँचका क्रममा ती मोटरसाइकलाई नियन्त्रणमा लिएको हो ।

लाइसेन्स, ब्लुबुक नभएका, मापसे गरेका, हेलमेट नलगाएका, तिव्र गतिमा कुदाइएका मोटरसाइकल र केहि थान स्कुटीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताउनुभयो । नियन्त्रणमा लिएका मोटरसाइकल र स्कुटीलाई आज दिनभर होल्डमा राखेको र आवश्यक कारबाही पश्चात शनिबार सवारीधनीको जिम्मा लगाइने डिएसपी ठकुरीले बताउनुभयो ।

‘आज होली पर्व पनि हो । मापसे गर्ने । होहल्ला गर्ने । तिव्रगतिमा सवारी कुदाउने जस्ता कृयाकलाप हुने थिए । त्यसले दुर्घटना निम्त्याउने थियो । त्यसैलाई मध्यनजर गरेर बिहानै देखि ट्राफिक र जनपथ प्रहरीको सक्रियतामा तुलसीपुर बजारमा भित्रीने बाहिरिने नाकाहरूमा कडाइका साथ सवारी चेकजाँच भयो । जसका कारण आज दुर्घटन सून्य जस्तै भयो ।’ डिएसपी ठकुरीले भन्नुभयो । ट्राफिक प्रहरीले जरिवाना तिर्छु भनेपनि होल्डमा राख्ने नीति अनुसार बाइक नदिएर आफ्नै नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर