काठमाण्डौं, १७ फागुन । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

पारिवारिक विवादका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न व्याक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताउनुभएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर