
हापुरे ०६ फागुन । सुर्खेत देखि काठमाडौ जाँदै गरेको यात्रुबाहक रात्री बस दाङको बबई गाउँपालिका २ ट्वाङ्खोलामा दुर्घटना भएको छ ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो।
मंगलबार राति ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार घाइतेको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ । गाडीमा ६० भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ।

