हापुरे १७ माघ ।

बबई गाउँपालिका वडा नं. ३ का काँग्रेस नेताले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । बबई गाउँपालिका वडा नं. ३ निवासी नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ख का क्षेत्रीय सदस्य जय लाल वलीले आफ्नो जन्मनिको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु भएको हो ।

उहाँले बबई गाउँपालिकाको विकट क्षेत्र वडा नं. १ को आवि सिमलकुनामा पुगेर ६२ जना वालवालिकालाई २२ हजार वरावरको शैक्षिक सामग्री वितरण गर्नु भएको प्रेमलाल नगवागले जानकारी दिनु भएको छ । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा भविष्यका कर्णधार वालवालिकामा लगानी गरेर उनीहरुको शैक्षिक क्षेत्रलाई बसलयो बनाउने प्रयास गरिएको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र ३ सभापति जगत खड्का, सचीव पुर्ण बहादुर केसी, ३ ख सचीव भरत खड्का, बबई सभापति प्रकाश बस्नेत, उप सभापति पिमलाल केसि, सचिब गणेश केसि, बबई ६ सभापति टेकबहादुर भन्डारि लगायत स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो । उहाँकाे जन्मदिन माघ १६ गते परेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर